+
+

चुरीफुरी ट्रेलर : विदेश जाँदा ठगिएका युवादेखि जग्गामा फसेकाहरुको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १५:२९

१० मंसिर, काठमाडौं । पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा नवकलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्तको साथमा रवीन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ ।

चलचित्रमा अभिषेक अष्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको भूमिकामा देखिएका छन् । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ । चलचित्रमा ऋषिको साथमा रीना ढकालको निर्माण छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो चलचित्रका सहनिर्माता छन् ।

चलचित्रमा कमेडीको माध्यमबाट गम्भीर विषय उठान गरिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?