+
+

बिरामीले अस्पतालमै गरे आत्महत्या

विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १७:३६

१० मंसिर, विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् ।

मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्त कृष्ण मण्डलले बताए ।

शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको उनले बताए । मण्डलको उपचारका क्रममा ३६ हजार बिल उठेको थियो । सो मध्ये १९ हजार रूपैयाँ तिर्न बाँकी थियो ।

उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए । छारे रोगको समस्या देखिएका मण्डलमा मानसिक पनि समस्या रहेको उनले बताए । मानसिक रोग भएकै कारण अस्पतालबाट हामफालेको उनले बताए ।

मण्डलको कुरुवा उनकी सासु बसेकी थिइन् । प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?