 
																			११ मंसिर, काठमाडौं । आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।
शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग छलफलमा बसेका छन् । महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा छन् ।
एमालेले शुक्रबार राति मात्र विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । नेताहरुको व्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ । यस्तै २२५ सदस्यीय केन्द्रीय कमिटीलाई पनि ३०१ सदस्यीय बनाइएको छ ।
यद्यपि अझै पदाधिकारीमा सहमति जुटेको छैन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी छ भने महासचिवमा शंकर पोखरेल र विष्णु पौडेल छन् ।उपाध्यक्ष र सचिवका आकांक्षी पनि धेरै भएकाले पदाधिकारी संख्या १९ पुर्याउँदा पनि सहमति जुटाउन सकस भइरहेको एक नेताले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4