
११ मंसिर, धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । शुक्रबारका लागि तय भएको अधिवेशन समय अभावको कारण देखाउदै स्थगित गरिएको कांग्रेसको प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले जानकारी दिए ।
मंसिर १६ गते पार्टीको प्रदेश अधिवेशन कैलालीमै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको उनले बताए ।
प्रदेश अधिवेशनको व्यवस्थापन गर्ने जिम्मासमेत जिल्ला कार्य समितिलाई नै दिइएकाले समय अभाव हुने हुँदा जिल्ला अधिवेशन हुन नसकेको सुनारले बताए ।
उनकाअनुसार केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशनको मिति तय हुने काँग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4