+
+

गुल्मीमा स्थगित कांग्रेसको मतदान भोलि ९ बजे हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:२१

११ मंसिर, गुल्मी । नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापति पदमा स्थगित भएको मतदान आइतबार मात्र हुने भएको छ । शनिबार मुसीकोट नगरपालिकाको मतदान चलिरहेका बेला संकेत गरिसकेका केही मतपत्र भेटिएपछि विवाद भएको थियो ।

विवाद समाधानका लागि शनिबार बसेको बैठकले आइतबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार रहेका छन् ।

सभापति पदका लागि जिल्लाको ११ वटा स्थानीय तहका प्रतिनिधिले भने मतदान गरिसकेका छन् । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ ।

सभापति पदमा उम्मेदवारी दिने पन्थी हालका जिल्ला सचिव हुन् भने मगर महाधिवेशन प्रतिनिधि हुन् ।

जिल्ला कार्यसमितिका अरु पदमा भने मतदान भइसकेको छ । २ उपसभापति पदका लागि अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटा प्रतिस्पर्धामा छन् ।

दुईजना जिल्ला सचिव पदका लागि पृथ्वीबहादुर फौजदार, जगदिश भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसी प्रतिस्पर्धामा छन् ।

दुईजना जिल्ला सहसचिव पदका लागि धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनी प्रतिस्पर्धामा छन् ।

७ पदाधिकारीसहित ४५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा जिल्ला सदस्य पदमा ५० भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्ला कोषाध्यक्ष भने जिल्ला कार्यसमतिले पछि मनोनित गर्नेछ ।

गुल्मी जिल्ला अधिवेशनको केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?