+
+

पहिरो हटाएर उत्तरी गोरखाको पदमार्ग तत्काल खुलाउछौं : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १९:१७

११ मंसिर, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चुमनुव्री गाउँपालिका–६ लोक्पाको पहिरोका कारण अवरुद्ध पदमार्ग तत्काल खुलाउने बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले तत्कालका लागि खच्चड हिँड्न मिल्ने गरी बाटो खुलाउने बताए ।

गत साउन अन्तिम साता लोक्पामा गएको पहिरोका कारण छेकम्पार र चुम्चेतका वासिन्दा गाउँमै थुनिएका छन् । पदमार्ग पहिरोले अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समेत समस्या हुँदै आएको छ ।

‘केही समय अघि म आफैं पनि त्यस क्षेत्रमा पुगेर आएँ, प्रमुख जिल्ला अधिकारीलाई बाटो खुलाउनका लागि लागत स्टिमेट तयार गरेर पठाउन पनि भनेँ,’ उनले भने, ‘मनाङको समस्या समाधान गर्याै, अब उत्तरी गोरखाको पालो हो, त्यो पहिरो पन्छाएर खच्चड जानसक्ने गरी तत्काल बाटो खुलाउछौं ।’

पहिरोको दीर्घकालीन व्यवस्थापन गरेर आउजाउमा सहज बनाउन गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताए । त्यस्तै केन्द्रीय सरकारसँग समन्वय गरेर हाल बन्द रहेको तिब्बतसँगको उत्तरी गोरखाका नाका खुलाउने प्रयास पनि गर्ने उनले प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री पोखरेलले जिल्लाको विकास निर्माणको कामको अवस्था बारेमा पनि जानकारी लिएका छन् । कार्यालय प्रमुखहरुले मुख्यमन्त्री पोखरेललाई आफ्नो कार्यालय अन्तर्गत जिल्लामा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । उनीहरुले केही योजनाहरु छुटेको, बजेट कम परेको, कर्मचारीको अभावका कारण सेवा प्रभावित बनेको लगायतका गुनासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?