
११ मंसिर, काठमाडौँ । पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन ‘पिँजडाको मान्छे’ सार्वजनिक गरेको छ । यो पुस्तकमा पत्रपत्रिकामा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।
पुस्तकबारे लेखक गौतमले भनेकी छन्, ‘विराटतम स्वतन्त्रताको खोजीमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरुको जञ्जालमा फस्दै गएको छ, त्यही प्रक्रियाहरुको चिन्तनको उपज हो यो पुस्तक ।’
गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फर्म्याटमा काम गरिरहेको पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी दिइन् ।
यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । यो पुस्तक नेपाली बजारका निम्ति थुप्रै डट कमले सय रुपैयाँमा उपलब्ध गराउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4