+
+

महिला टी-२० विश्वकप छनोट : निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ८:२८

१२ मंसिर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।

शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ । नेटरनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ ।

यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ । नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ । हङकङ र कुवेतबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसरसमेत गुमाउनेछ ।

समान २ अंक जोडेका मलेसिया, भुटान र अकविहीन रहेको कुवेत भने छनोटबाट बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?