+
+

कांग्रेसको सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ११:३५

१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।

यी दुई पक्षबीच कडा प्रतिस्पर्धा हुँदै आए पनि यसपटक सुर्खेतमा संस्थापन पक्षले पौडेल पक्षलाई शून्य बनाइदिएको छ । थानी पक्षका उम्मेदवारलाई महाधिवेशन प्रतिनिधिमै हराएपछि संस्थापनबाट पोखरेलको एकल उम्मेदवारी परेको हो ।

अन्य पदका लागि भने आज मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह-सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।

यस्तै थानी पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उप-सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि शुक्रबार हुने भनिएको कांग्रेसको अधिवेशन विविध कारण आइतबार सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?