+
+

केकी र वर्षासँगै छमछमी नाचे मुख्यमन्त्री राई, प्रमोदले दिए साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ११:५८

१२ मंसिर, काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको ‘इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ले झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरिएको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई चर्चित कलाकारहरुसँग छमछमी नाचे ।

राई नायिकाद्वय केकी अधिकारी र वर्षा राउतसँग नृत्य गर्दैगर्दा उनलाई गायक प्रमोद खरेल र कलाकार शंकर बीसीले साथ दिए । यस्तै, गायिका रचना रिमाल र अस्मिता अधिकारीको गीतले पनि माहोल तताएको थियो ।

रचना र प्रमोदको गीतमा दर्शकले वान्स मोर भन्दै गर्दा गायक प्रेमराजा महतको ‘पानको पात’ बोलको गीतले पनि माहोल ततायो । गीत गाउनुअघि गायक महतले मुख्यमन्त्री राई र नायिकाद्वय राउत र अधिकारीलाई साथ दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?