+
+

कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, घिमिरे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:००
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिरे समिति सदस्य थिए ।

डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको समितिका एक सदस्यले बताए । समितिले टुंग्याइसकेको विषयमा फेरि विवाद निकालेको आरोप यादवको थियो ।

कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । सभापति मल्ल समूहले पार्टी सभापति देउवाको निर्देशनमा निर्वाचन समितिले काम गरेको भन्दै संयोजक यादवविरुद्ध नारावाजी गरेका थिए ।

यादवले डडेल्धुरा अधिवेशनकै विषयलाई लिएर एक महिना अघि पनि पदबाट राजीनामा दिएका थिए ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म हुँदैछ । यतिबेला विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?