+
+

पुलिसको जितमा सुमन लामाको गोलको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २१:१७

१२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जाउलाखेल युथ क्लबलाई १-० ले हरायो । बेन्चबाट खेल सुरु गरेका सुमन लामाले दोस्रो हाफमा निर्णायक गोल गरे ।

५१ औं मिनेटमा बुद्धबल तामाङको स्थानमा मैदान प्रवेश गरेका सुमनले ७० औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल भएन र पुलिसले सिजनको पहिलो जितसहित ३ अंक जोड्यो ।

खेलमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर बनाएका थिए । जसमा दुवै टिमका गोलकिपरले राम्रो बचाउ पनि गरे । खेल सकिएको सिट्टी रेफ्रीले फुकेपछि पुलिसका प्रशिक्षक अनन्त थापाले खुलेर सेलिब्रेसन गरेका थिए ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा थापाले सुमनको गोलको तारिफ गरे । ‘हामी ३ अंक लिन आएका थियौँ । त्यसमा सफल भयौँ’ प्रशिक्षक थापाले भने, ‘सही समयमा सुमनले उत्कृष्ट गोल गर्‍यो । त्यो नै टर्निङ प्वाइन्ट भयो ।’

जावलाखेलका प्रशिक्षक किशोर केसीले पनि पुलिसले काउन्टर अट्याकमा राम्रो गोल गरेको बताए ।

रवि पासवानले आफ्नै क्षेत्रबाट उपलब्ध गराएको लामो पासमा सुमनले फास्ट रनिङ गर्दै पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । ‘दोस्रो हाफमा पुलिसलाई डोमिनेट गर्न खोज्दा काउन्टर अट्याकमा गोल भयो । सोचेको पनि थिएन मैलै त’ उनले भने ।

पुलिसका प्रशिक्षक थापा टचलाइनमा अन्य प्रशिक्षकको तुलनामा धेरै कराइरहेका हुन्छन् र एग्रेसिभ देखिन्छन् । यस विषयमा सोध्दा थापाले लिगको खेलहरु नै प्रतिस्पर्धात्मक हुने भएकोले त्यस्तो देखिएको बताए । ‘लिग क्रुसिएल छ । को रेलिगेट हुन्छ, को च्याम्पियन हुन्छ थाहा हुँदैन । त्यही भएर त्यस्तो देखिएको हो’ उनले भने ।

यस्तै जाउलाखेलविरुद्ध पुलिसले जितका लागि सधैँ संघर्ष गर्नुपर्ने विषयमा उनले यस लिगमा सबै टिम उस्तै रहेको र सबै टिमसंग खेल्न कठिन हुने बताए । यस्तै लिगमा सबै टिम उस्तै रहेको र कुनै पनि उपाधिको फेभरेट नभएको पनि थापाले बताए ।

अर्कोतर्फ जावलाखेलले भने लिगमा लगातार दोस्रो हार बेहोर्‍यो । विभागीय टोली एपीएफ पुटबल क्लब जावालखेल यस लिगमा लगातार दुई खेल हार्ने टिम बन्यो । पहिलो खेलमा जाउलाखेल मनाङ मर्स्याङ्दी क्लबसंग १-० ले नै पराजित भएको थियो ।

पुलिसविरुद्ध सरप्राइज रिजल्ट निकाल्न खोजेपनि नसकेको र भाग्यले पनि साथ नदिएको जाउलाखेलका प्रशिक्षक किशोर केसीले बताए । ‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकेन । लक (भाग्य)ले पनि फेभर गर्न सकेको छैन’ केसीले भने, ‘खेलबाट खुशी नै छु । पाएको मौका सदुपयोग भएन । दुई बल बारमा लागेर फर्कियो । पुलिसले काउन्टर अट्याकमा राम्रो गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?