+
+

चेल्सी र युनाइटेडले अंक बाँडे, सिटी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ७:२१

१३ मंसिर, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति शीर्ष स्थानको चेल्सीले म्यानचेष्टर युनाइटेडसँग १-१ को बराबरी खेलेको छ । एक गोलले पछि परेको अवस्थामा जर्गिन्होको पेनाल्टीमार्फत चेल्सीले खेल बराबरी गरेको थियो ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको ५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए ।

तर ६९औं मिनेटमा युनाइटेडका आरोन वान बिसाकाले चेल्सीका थियागो शिल्भालाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पायो र जर्गिन्होले त्यसमा सहजै गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि १३ खेलबाट ३० अंक जोडेर चेल्सी शीर्ष स्थानमै छ । तर चेल्सीले म्यानचेष्टर सिटीसँग अंकदूरी बढाउने मौका भने गुमायो । सिटी एक अंङ्कले मात्र पछि छ ।
युनाइटेड १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ ।

चेल्सीमाथि दबाब बढाइरहेको सिटीले वेष्टहमलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । सोमबार घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीका लागि एल्के गुन्डागोन र फर्नान्डिन्होले गोल गरे । वेष्टहमका मानुएल लान्जिनीले इन्जुरी टाइममा एक गोल फर्काए ।

जितपछि सिटी १३ खेलबाट २९ अंङ्क जोडेर दोस्रो स्थानमा उक्लेको छ । वेष्टहम १३ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?