
१३ मंसिर, काठमाडौं । बलिउडका लभ बर्ड्स कट्रिना कैफ र विक्की कौशलको विवाहको मिति नजिकिँदैछ । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका छन् ।
कट्रिना र विक्कीले विवाह समारोह स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने उनीहरुको विवाह समारोहमा आफन्त तथा बलिउडका सीमित व्यक्तिहरुलाई आमन्त्रण गरिनेछ ।
कट्रिना र विक्कीको विवाह समारोहमा अनुष्का शर्मा, विराट कोहली र उनीहरुकी छोरी वामिका विशेष अतिथिका रुपमा उपस्थित हुने खबर आएको छ । अनुष्का र विराटलाई कट्रिना र विक्कीले निमन्त्रणा कार्ड समेत पठाइसकेको बताइएको छ ।
बलिउडमा कट्रिना र अनुष्काबीच गहिरो मित्रता छ । कट्रिना र अनुष्काले चलचित्र ‘जब तक है जान’ र ‘जिरो’मा सँगै काम गरेका छन् । चलचित्रको कामका अलावा दुवै एकअर्काको सम्पर्कमा रहिरहन्छन् ।
प्रतिक्रिया 4