+
+

साउथ फिल्म नेपाल भित्रिँदा ‘चपली हाइट ३’ निर्माताको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ११:५२

१३ मंसिर, काठमाडौं । दक्षिण भारतीय चलचित्रले समेत नेपाली बजारमा पकड जमाउन थालेपछि नेपाली चलचित्रका निर्माताहरु समस्यामा पर्न थालेका छन् । बलिउड र हलिउड चलचित्रका कारण थिचिएका निर्माताहरु अब साउथका चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि आक्रोशित पनि देखिएका छन् ।

पुस २ गते चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । तर, यसै दिन अल्लु अर्जुन अभिनित साउथ चलचित्र ‘पुष्पा’ पनि नेपालमा रिलिज हुँदैछ । यो चलचित्रलाई वितरक मनोेज राठीले नेपाल भित्र्याएका हुन् ।

योसँगै ‘चपली हाइट ३’ले हलिउड चलचित्र ‘स्पाइडर म्यान’सँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

साउथ चलचित्र समेत नेपाली बजारमा आएपछि निर्माता अर्जुन कुमार आक्रोशित देखिएका छन् । ‘चपली हाइट ३’का निर्माता अर्जुनले साउथ चलचित्र काल हो भन्दै सबै मिलेर रोक्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेढ दुई लाखमा हिन्दी डब फिल्म ल्याएर नेपाली चलचित्रलाई तर्साउन खोज्छस् ? याद गर, नेपाली मेकरलाई सधैं यसरी नसताऊ । फेरि पछुताउनु पर्ला ।’

अर्जुन कुमारले आफूलाई शुरुवाती दिनमा सबै चलचित्रकर्मीले साथ दिन्छु भनेपनि अहिले एक्लो पारेको गुनासो समेत गर्दै आएका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?