+
+

वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १३:०५

१३ मंसिर, काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी हुन् ।

रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

रेश्माका श्रीमान्  प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।

रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् । उसो त, रेश्माले केही वर्ष अगाडि एक चलचित्रमा काम नगरेकी होइनन् । तर, यो चलचित्र असफल भएपछि रेश्मा मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् ।

तर, टिकटकको लोकप्रियतासँगै उनको पनि दोस्रो इनिङ्स शुरु भएको मानिन्छ । रेश्मालाई चलचित्रको अफर पनि राम्रै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?