+
+

त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १३:५२

१३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् ।

त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए ।

उपकुलपतिको कार्यलय अगाडी धर्ना कार्यक्रम रहेको र माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको संघर्ष समितिका अध्यक्ष लिम्‍बुले बताए । उनले भने ‘हामीले हिजो शिक्षाध्यक्षलाई दुई दिनको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छौं । दुई दिनभित्र समस्या समाधान भएन भने थप कडा आन्दोलनमा उत्रिने तयारीमा छौं ।’

संघर्ष समितिले गत साउनमा देउवा सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने र २०७४ पछि थपिएका ५८० आंशिक प्राध्यापकलाई करार सेवामा राख्नुपर्ने माग गर्दै त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा ताला लगाएको थियो ।

समितिले ताला लगाएको दशौं दिनको अबेर राति त्रिविले उक्त निर्णय तत्काल कार्यन्वयन गर्ने सम्झौता गरेको थियो । तर अहिलेसम्म त्रिविले उक्त सम्झौता कार्यन्वयन नगरेको भन्‍दै आन्दोलनमा उत्रिनु परेको आंशिक प्राध्यापकहरुको भनाइ छ ।

२०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ हजार ४२० आंशिक प्राध्यापकको लागि करार दरबन्दी खोल्ने सम्झौता कार्यन्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरु पटक पटक आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?