+
+

‘मन्त्र’को फस्टलुकमा सौगात र दियाको फरक गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १६:०५

१३ मंसिर, काठमाडौं । चलचित्र ‘मन्त्र’कोे फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी माघ २८ गते रिलिज हुने निर्माणपक्षले जनाएको छ । कोरोना महामारीका कारण चलचित्रको रिलिजमा ढिलाइ भएकोे हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् ।

यो चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । उनका अनुसार ५ हजार १०० मिटरभन्दा माथिको मनास्लु हिमालको बेस क्याम्पमा पुगेर चलचित्रको छायांकन गरिएको छ ।

सार्वजनिक गरिएको पोष्टरमा मुख्य कलाकारहरु सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई स्थान दिइएको छ । चलचित्रले गोरखाको मनास्लु क्षेत्रको कथालाई भन्नेछ । हिमाली प्रेमकथा बोल्ने यो चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा र पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको यो चलचित्रमा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाको कथा रहेको यो चलचित्रमा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्मचार्यको पार्श्व संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?