+
+

एमाले महाधिवेशन : अध्यक्ष छान्न राति २ बजेदेखि मतदान !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २३:११

१३ मंसिर, चितवन । नेकपा एमालेमा केन्द्रीय सदस्यहरु निर्विरोध गर्ने प्रयास असफल भएको छ । दिनभरको प्रयासमा केही क्लस्टरमा निर्विरोध भएपनि केहीमा हुन सकेन र, राति पौने ११ बजे निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम सूचि प्रकाशित गरेको छ ।

अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै  ७ क्लस्टरका केन्द्रीय सदस्यहरू चयनका लागि चुनाव हुनेछ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवकमा लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार अब उम्मेदवारहरुको विवरण विद्युतीय भोटिङ मेसिनमा इन्ट्ी हुनेछ । यो सकिएपछि राति २ बजेतिर मतदान सुरु गर्ने कार्यतालिका छ ।

विहान ८ बजेसम्म मतदान हुनेछ । लगतै गणना सकेर मत परिणाम घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment