+
+

एमालेको बन्दसत्र परिसरमा खादा-मालाको व्यापार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ११:१२

१४ मंसिर, चितवन । नेकपा एमालेको बन्दसत्र परिसरमा खादा-माला तयार पारेर राखिएको छ । नेतृत्व चयनका लागि निर्वाचन सकिनुभन्दा केही समय अगाडिदेखि नै व्यापारीहरुले बेच्नका लागि खादा-माला ल्याएर राखेका हुन् ।

निर्वाचित उम्मेदवारहरुलाई लगाइदिएर बधाई दिन खादा, माला, टीकालगायतका सामग्री तयार पारेर राखिएको हो । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी कोमल वलीलाई केही कार्यकर्ताहरुले खादा लगाइदिएर बधाई दिइसकेका छन् ।

मंगलबार बिहान चार बजेदेखि सुरु भएको निर्वाचन बिहान करिब साढे १० बजे सकिएको थियो । निर्वाचन समिति संयोजक विजय सुब्बाले रुजु प्रक्रिया सुरु गरेको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए ।

निर्वाचनमा २ हजार ७९ मत खसेको नेता योगेश भट्टराईले जानकारी दिए । एमालेका २१ सय ५३ प्रतिनिधिहरु थिए । ७४ जनाले भोट हालेनन् । त्यसको कारणबारे भट्टराईले भने, ‘टाढा घर भएका प्रतिनिधिहरु आज होटल बुकिङ नभएकाले फर्किनु भएको हुनसक्छ ।’ विवाह, व्रतबन्धको सिजन भएकाले पनि केही प्रतिनिधिहरु महाधिवेशनस्थलबाट फर्किएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?