
१४ मंसिर, काठमाडौं । मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ केही दिनदेखि अमेरिकामा छिन् । उनले अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन् ।
नेपालको प्रतिनिधित्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा नम्रता खुशी देखिएकी छन् । नम्रताले आफ्ना दैनिक क्रियाकलाप समेटिएका तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानहरुलाई उत्साहित पनि बनाइरहेकी छन् ।
नेपालले आजसम्म ‘मिस वर्ल्ड’को टाइटल जितेको छैन । तर, नेपालले ‘ब्युटी विथ पर्पस’ विधाको अवार्ड भने केही वर्षदेखि जित्दै आएको छ । नम्रताले यसपटक पनि यो विधाको अवार्ड नेपाल भित्र्याउने अपेक्षा गरिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरमा नम्रता कतै अन्य देशका प्रतिस्पर्धीसँग रमाइरहेकी छिन् भने कतै ‘हेड टु हेड’ च्यालेञ्जका लागि तयार भएको देखिन्छ ।
उनले ‘ब्युटी विथ पर्पस’ विधाका लागि आफ्नो भिडियो प्रस्तुति पनि निर्णायकसमक्ष प्रस्तुत गरिसकेकी छन् ।
प्रतिक्रिया 4