+
+

फुड डेलिभरीदेखि राइड शेयरिङ एउटै एपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १४:३२

१४ मंसिर, काठमाडौं । फुड डेलिभरीदेखि राइड शेयर लगायत अनेक सुविधा बोकेर ‘योपो सुपर एप’ सार्वजनिक भएको छ । दैनिक जीवनमा अत्यावश्यक विभिन्न सुविधालाई एउटै एप्लिकेसनमा एकीकृत गरेर ल्याइएको यो एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने निर्माणपक्षले जनाएको छ ।

‘थिंक फ्युचर’ नारासहित शुरु भएको यो एपले अहिले विभिन्न क्षेत्रका व्यवसायीसँग ‘टाई अप’ गरिरहेको निर्माण पक्षले जनाएको छ । सन् २०१३ बाट एप्लिकेसनको अवधारणा तयार पारेको निर्माणपक्षले आन्तरिक तयारीमा धेरै लामो समय लगाएर एप सार्वजनिक गरेको हो । यो एपको सञ्चालनमा अहिले दुई युवा सक्रिय छन् ।

आठ वर्षको प्रयासपछि सार्वजनिक गरिएको यो एपमा ई-कमर्स, ट्राभल, अनलाइन फुड डेलिभरी, कुरियर, डिजिटल वालेट, होलिडे प्याकेज र राइड शेयरिङ (बाइक र ट्याक्सी) लगायतका सबै सुविधा उपलब्ध छ । यसबाहेक पनि ट्राभलमा बस टिकट बुकिङ, हवार्य टिकट बुकिङ, होटल बुकिङ जस्ता सुविधा उपलब्ध रहेको निर्माणपक्षले जनाएको छ । यही एप्लिकेसनबाट नेपाली तथा विदेशी चलचित्र समेत हेर्न सकिने जानकारी संस्थाका सीएसओ पराक्रमबहादुर सिंहले जानकारी दिए ।

यसबाहेक पनि सुपर एपले एयरपोर्ट, बसपार्क, पाटन दरबार क्षेत्र लगायत मानिसको बाक्लो उपस्थिति हुने क्षेत्रमा निःशुल्क वाइफाइको व्यवस्था पनि गर्न लागिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?