 
																			१४ मंसिर, विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन् ।
नियुक्तिपछि प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।
प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले चुणामणि आचार्यलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिएको थियो ।
सरकार परिवर्तन भएपछि आचार्यले कात्तिक १७ मा राजीनामा दिएका थिए। श्रेष्ठले सोमबार कार्यभार सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4