+
+

राखेप सदस्य सचिव घिसिङले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १८:०५

१४ मंसिर, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले सपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराज (अथक)ले सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले टंकलाल घिसिङलाई १९औं सदस्य सचिवको रुपमा नियुक्त गरेको थियो ।

मन्त्रालयले १ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि मंसिर ४ गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री अथकले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिति गठन गरेका थिए ।

उक्त समितिले सदस्य सचिवकालागि मन्त्री अथक समक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । त्यही सूचीबाट मन्त्रीपरिषद बैठकले घिसिङलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सदस्य सचिवका लागि १८ जनाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?