+
+

जनकपुर–जयनगर रेल यसै वर्ष सञ्चालन हुन्छ : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १८:२२

१४ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनकपुरधाम-जयनगर रेल सेवा यही बर्ष सञ्चालन हुने बताएकी छन् ।

जनकपुरधाममा रेल्वे लाइनको मंगलबार निरीक्षण गर्दै मन्त्री यादवले अध्यादेश मार्फत् कानुन ल्याएर चाँडै रेल सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ‘अध्यादेश ल्याउने प्रस्ताव गत आइतबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेकी छु’ उनले भनिन्, ‘अध्यादेश ल्याउने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक हुनुहुन्छ ।’

मन्त्री यादवले एक साताभित्र कानुन निर्माण भइसक्ने बताइन् । उनले काठमाडौं जानेवित्तिकै कागजहरु त्यार पारी हस्ताक्षर गरेर प्रक्रिया अघि बढाइने बताइन् ।

उनले यो बर्षभित्रै यो रेल सञ्चालन हुने बताइन्, ‘पहिला यो रेल सञ्चालन गराउँछु’ उनले भनिन्, ‘त्यसपछि बर्दिबास, निजगढतिरको रेलमा ध्यान दिनेछु ।’

भारत सरकार पनि नेपालमा चाँडै रेल सञ्चालन होस् भन्ने चाहेको भन्दै उनले रेल सञ्चालन भएपछि दुबै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने बताइन् । ‘भर्चुअल किन नहोस्, दुबै देशका प्रधानमन्त्रीसँग उद्घाटन गराउँछौं’ उनले भनिन् ।

रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले एक÷एक मिनेटको सदुपयोग गर्दै रेल सञ्चालनका निम्ति काम गरिरहेको बताए ।

मन्त्रीसँगै आएका महाप्रबन्धक झाले रेल सञ्चालनसम्बन्धी कार्यविधि बनाइसकिएको तथा भारतीय कम्पनीसँगको दुई पक्षीय सम्झौता अनुसारको पहिलो किस्ता वापतको रकम पनि दिइसकिएको बताए ।

‘अब कर्मचारीको व्यवस्थापन, बजेट विनियोजन, कानुन निर्माण र भाडादर तोक्न बाँकी छ’ उनले भने, ‘एक÷एक मिनेटको सदुपयोग गरेर हामी अघि बढिरहेका छौं ।’

इनर्वा स्टेशनमा राखिएको रेलको अवस्था बुझेर कुन मितिबाट चलाउन सकिन्छ भन्ने बिषयमा बुझेर प्रतिवेदन दिन भारतीय कम्पनीलाई पत्राचार समेत गरिसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?