+
+

थप ३१६ जनामा कोरोना संक्रमण, २५९ जना निको

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १६:३४

१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने निको भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ भने ८ लाख ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् । जसमध्ये ६ हजार ६१० जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं ११९, ललितपुरमा २९, मोरङमा २६, कास्कीमा १२ तथा झापा र चितवनमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?