+
+

पेङ प्रकरण : चीनमा हुने टेनिस प्रतियोगिता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ८:१४

१६ मंसिर, काठमाडौं । विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै एशोसिएसनले प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एशोसिएसनका प्रमुख स्टिभ साइमनले भनेका छन्, पेङ स्वतन्त्र र सुरक्षित छिन् भन्ने कुरामा मलाई गम्भीर आशंका छ । यस्तो अवस्थामा आफ्ना खेलाडीहरुलाई त्यहाँ खेल भनेर कसरी भन्न सक्छु ?’

उनले सन् २०२२ मा चीनमा हुने प्रतियोगितामा खेलाडी तथा कर्मचारीहरुलाई हुनसक्ने खतराबाट आफू चिन्तित रहेको उल्लेख गरेका छन् ।

महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा चीनका एकजना भूतपूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता ३५ वर्षीया पेङ कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला गत आइतबार चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको एक भिडियो सार्वजनिक गरेको थियो । उक्त ३० मिनेट लामो भिडिओमा पेङले ओलम्पिक कमिटीका अध्यक्षसँग भिडिओ कलमार्फत् कुराकानी गरेको देखिन्छ । भिडिओमा उनले आफू सुरक्षित र सकुशल रहेको बताएकी छन् ।

गत मंगलबार चिनियाँ विदेश मन्त्रालयले पेङको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतीकरण गरिएको’ जनाएको थियो । तर एशोसिएनले पेङ सुरक्षित रहेको भन्ने कुरामा पर्याप्त प्रमाण नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?