
१६ मंसिर, काठमाडौं । निर्देशक विनोद पौडेलले नयाँ चलचित्र ‘रबर सिटी’को निर्देशन गर्ने भएका छन् । दुई वर्षअघि उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् ।
चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख डलर लगानी हुने निर्माता थापाले जानकारी दिए ।
यो चलचित्रका लागि निर्माणपक्षले हालसम्म कलाकार सुशांक मैनाली र राधा लम्साललाई फाइनल गरेको छ । बाँकी कलाकार पनि चाँडै तय गरिने निर्देशक पौडेलको भनाइ छ । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो ।
‘रबर सिटी’ चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ । विनोदको नै कथा तथा पटकथा रहेको यो चलचित्रमा अंकित पौडेलको छायांकन रहनेछ ।
प्रतिक्रिया 4