+
+

एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १३:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागजिन दि बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ ।

चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको बैंकले दावी गरेको छ ।

यो सँग–सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्डबारे बैंकले जानकारी दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री देउवाले एनएमबी बैंकले पाएको अवार्डले नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धि मान्नुपर्ने बताएका थिए ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिने बैंकले बताएको छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबीले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको वैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?