+
+

शिवम् सिमेन्टद्वारा ५ सयबढी निर्माणकर्मीको जोखिम बिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १६:०५

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका विभिन्न १० स्थानमा निर्माणकर्मीहरुसँग भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका अनुसार अन्र्तक्रिया कार्यक्रमा ५ सयबढी निर्माणकर्मीहरुसँग परामर्श गरिएको र उनीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी समेत हस्तान्तरण गरिएको छ ।

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सयबढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रिया तथा उनीहरुको जोखिम बिमा गरी सकेको कम्पनीले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई आइपर्ने समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्नुपर्ने भएकोले उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?