+
+

युरेनियमजस्तो टल्किने ढुंगा कारोबार गरेको आरोपमा ३ जना पक्राउ

युरेनियमजस्तो टल्किने ढुंगाको अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १६:२७

१६ मंसिर, काठमाडौं । युरेनियमजस्तो टल्किने ढुंगाको अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बालाजुस्थित एक होटलमा युरेनियम भनी टल्किने ढुंगा बिक्री गर्न लागेको बेला नुवाकोटका ३१ वर्षका प्रदीप घिमिरे, ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका- फुटुङका ३६ वर्षका रञ्जित कार्की पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले १२ सय ग्राम टल्किने ढुंगा बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुले सो ढुंगा प्रतिकिलो २ करोड रुपैयाँको दरमा बिक्री गर्न लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?