+
+

महामन्त्री कोइरालाको कटाक्ष : आत्तिएर र तर्सिएर अधिवेशन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:४३

१६ मंसिर, पोखरा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश अधिवेशनलाई लिएर नतर्सिन र नआत्तिन संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् ।

पोखरामा बिहीबार सुरु भएको प्रदेश अधिवेशनमा उनले कांग्रेसलाई अगाडि लैजाने नेतृत्व चयन हुने भएकाले कोही पनि आत्तिन नहुने बताएका हुन् ।

प्रदेश अधिवेशनको उद्घाटनसत्रमा सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापतिका उम्मेदवारलाई मात्र बोल्न दिएको भन्दै संस्थापनइतर पक्षका नेता कार्यकर्ताले विरोध जनाएका थिए । त्यसपछि मात्र प्रदेश सभापतिमा पौडेल पक्षका आकांक्षीले बोल्न पाएका थिए ।

त्यसपछि बोलेका महामन्त्री कोइरालाले संस्थापन पक्षलाई इंगित गर्दै अधिवेशनमा कोही नआत्तिन, नतर्सिन आग्रह गरेका हुन् । ‘आज हामी अधिवेशनको मुखमा छौं । धिवेशन तर्सिएर, आत्तिएर गर्ने होइन । यसलाई स्वाभाविक रुपले स्वीकार्नुपर्छ र अधिवेशनमा हाम फाल्नुपर्छ’ उनले भनेका छन् ।

महामन्त्री कोइरालाले पार्टीभित्रको चरम गुटकै कारण कांग्रेसको राम्रो इतिहास र नेता हुँदाहुँदै पनि हार व्यहोर्नु परिरहेको टिप्पणी गरे । कम्युनिस्टहरु जति पटक मिले पनि कांग्रेसलाई हराउन नसक्ने भन्दै उनले भने, ‘जहिल्यै भन्दै आएको छु, कांग्रेसलाई हराउने कांग्रेसले मात्रै हराउन सक्छ । कांग्रेसलाई कम्युनिस्टले हराउन सक्दैन ।’

पार्टीभित्रको गुट नै सबैभन्दा घातक सिद्ध भएको र त्यसकै कारण सधैं प्रतिपक्षमा बस्नु परेको उको दावी छ । महामन्त्री कोइरालाले अगाडि भने, ‘उनीहरु (कम्युनिस्ट) जतिसुकै मिलून्, नेपाली कांग्रेसलाई हराउन सक्दैनन् । नेपाली कांग्रेसलाई हराउने हो भने यसभित्रकै ग्रुपिजम्, गुट हो । यो नेपाली कांग्रेस पार्टीभित्रकै अत्यन्त घातक सिद्ध भएको छ । यसको समाप्ति हुनुपर्छ ।’

‘रेमिट्यान्सको सुरुआत कांग्रेसले गर्‍यो’

महामन्त्री कोइरालाले नेपालको विकासको सुरुआत नै नेपाली कांग्रेसले गरेको र हालको विकास त्यसैको जगमा उभिएको समेत बताए । उनले नेपालका सडक, विश्वविद्यालय र वैदेशिक रोजगारको सुरुआत समेत नेपाली कांग्रेसले नै गरेको बताए ।

‘जति पनि कालखण्ड नेपाली कांग्रेसले चलायो, राम्ररी चलाएको छ । यतिधेरै विकासका आधार खडा भए, त्यसको आधारमा आज पनि चलेको छ,’ उनले भने ।

नेपालमा हरेक युवाको गोजीमा पासपोर्ट उपलब्ध गराएर वैदेशिक रोजगारको सिर्जना र नेपालमा रेमिट्यान्स भित्र्याउने कामसमेत नेपाली कांग्रेसले गरेको महामन्त्री कोइरालाले उल्लेख गे ।

‘रेमिट्यान्सले २५ प्रतिशत बजेट धान्छ । रेमिट्यान्स कसरी आयो ? किनभने हरेकको खल्तीमा पासपोर्ट हामीले उपलब्ध गरायौं । विदेश गए । साउदी, कतार, युएई, मलेसिया अनेक ठाउँ गएर त्यहाँबाट आम्दानी गरे,’ महामन्त्री कोइरालाले भने, ‘यसले देशको ढुकुटी बढेर गयो । अनिमात्रै हामीले बजेट वितरण गर्न (सहज) भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?