+
+

चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १८:०९

१६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिइएको छ ।

बाला चतुर्दशी अवसरमा वडा नम्बर ४ को शान्तिपुरमा चक्रेश्वर मेला हुने भएकाले सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा सतबिज छर्ने पर्वको अवसरमा लाग्ने चक्रेश्वर मेला यस क्षेत्रमा प्रख्यात छ । हिन्दु धर्म अनुसार बाला चर्तुदर्शीको अवसरमा सतबिज छर्नाले पूण्यलाभ हुने जनविश्वास छ ।

चक्रेश्वर मेलामा जिल्लाका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला पाल्पा, बाग्लुङ र बुटवलदेखिका तीर्थालुहरु आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?