१६ मंसिर, धनगढी । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुक र संविधानको रक्षा गर्न नेपाली कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार संविधान सिध्याउने षड्यन्त्रमा लागेकाले संविधान जोगाउने शक्तिहरु नेपाली कांग्रेसको नेतृत्वमा एकताबद्ध भएको उनको भनाइ छ ।
बिहीबार नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बडुले कांग्रेसको नेतृत्वमा बनाइएको संविधान सिध्याउने षड्यन्त्रविरुद्ध पुुनः कांग्रेस उभिनुुपर्ने अवस्था सिर्जना भएपछि मात्र सरकारमा गएको जिकिर गरे ।
‘वैकल्पिक सरकार बन्ने अवस्था हुुँदासम्म संसद विघटन गर्न पाइदैन भन्ने व्यवस्था हामीले संविधानमा राख्यौं,’ बडुुले भने, ‘तर केपी ओलीले दुुई पटक संसद विघटन गरेर संविधान सिध्याउन खोजेपछि हामी त्यसको रक्षाका लागि उभिएका हौँ । नभए अहिले पनि कांग्रेस प्रतिपक्षकै भूमिकामा हुन्थ्यो ।’
नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपाले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ भन्ने विश्वास आम जनताले गरेपनि आन्तरिक कलहले मुलुक फेरि अस्थिरतातिर अघि बढेको बडुको भनाइ छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4