+
+

सामाजिक सुरक्षा कोषमा तीन सञ्चालक नियुक्त 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १४:५३

१६ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा तीन जना रोजगारदाता नियुक्त भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघकोतर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघको तर्फबाट ग्यास उद्योगी गोकुल भण्डारी र होटल एसोसियसन अफ नेपालको तर्फबाट समिका बुढाथोकी नियुक्त गरेका छन् ।

यसअघि ढकाल नै महासंघको तर्फबाट सञ्चालक समितमिा थिए भने परिसंघको तर्फबाट राजेश अग्रवाल र होटल संघको तर्फबाट सिर्जना राणा सदस्य थिए । सरकारले सामाजिक सुरक्षा कोषलाई योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम अघि बढाउने गरी स्थापना गरेको हो । जसमा रोजगारदाताका तर्फबाट पनि प्रतिनिधित्व गराइएको छ ।

कोषमा कामदारको न्युनतम् पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा हुन्छ । त्यसमध्ये ११ प्रतिशत रकम कामदारको तलबबाटै काटिन्छ भने २० प्रतिशत रोजगारदाताले थपेर कामदारको कोषमा जम्मा गर्नुपर्छ । यही रकमबाट कोषले कामदारका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाहरु सञ्चालन गर्छ ।

कोषकाअनुसार तीन वर्षको अवधिमा १५ हजार ७७८ रोजगारदाताका २ लाख ९४ हजार श्रमिक समाजिक सुरक्षा योजनामा आवद्ध भएका छन् । गत वर्षको सामाजिक सुरक्षा दिवस मनाउँदासम्म कोषमा १२ हजार ९१५ रोजगारदाताकोमा कार्यरत रहेका १ लाख ७९ हजार ७८९ श्रमिक कोषमा आवद्ध थिए ।

एक वर्षको बीचमा कोषमा १ लाख २५ हजार श्रमिक थपिएका छन् । पछिल्लो वर्षमा कर्मचारी सञ्चय कोषबाट समाजिक सुरक्षा कोषमा आउने रोजगारदाता र श्रमिकको संख्या अघिल्ला वर्षको तुलनामा राम्रो देखिएको कोषले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?