
१७ मंसिर, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले यो चलचित्रको डिजिटल राइट्स खरिद गरेको हो ।
चलचित्रका निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डीएआर मुभिजको तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा चलचित्र खरिद सम्झौता भएको छ । चलचित्रलाई हिन्दी भाषामा पनि डब गरेर प्रदर्शन गर्ने तयारी गरिएको निर्माता अधिकारीले बताए ।
बिनिस इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रदीप खड्काको साथमा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको कथा रहेको यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । यो चलचित्रले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथालाई प्रस्तुत गरेको छ ।
चलचित्रको फस्टलुक र टिजरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4