+
+

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १२:३८

१७ मंसिर, काठमाडौं। महानगरीय अपराध महाशाखाले १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।

उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भण्डारी र भुजेलले सञ्जाल फेसबुकमार्फत आफूहरु मलेसियामा डा.बेन्जामिन फ्रान्कलिन नामक व्‍यक्तिबाट ठगिएको भन्‍दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पठाउन लगाइ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment