+
+

यू-१९ पुरुष राष्ट्रिय क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

लुम्बिनीसँग उपाधिका लागि खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १५:०६

१७ मंसिर, काठमाडौं। वाई-वाई यू १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ ।

७ टिम सहभागि प्रतियोगितामा सुदूरपश्चिम ४ खेल जित्दै ८ अंक जोडेर दोस्रो हुँदै फाइनल पुगेको छ । लुम्बिनी प्रदेश यसअई नै ५ जितबाट १० अंक जोडेर फाइनल पुगिसकेको छ । अब आइतबार सुदूरपश्चिमले लुम्बिनीसँग उपाधिका लागि खेल्नेछ ।

सुदूरपश्चिमले फाइनल फाइनल प्रवेशका लागि पाएको ९६ रनको लक्ष्य ३२.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ रन बनाए। यस्तै राहुल भण्डारीले अविजित ३१ रन जोडे ।

बागमतीका गौतम केसी र प्रतिश जिसीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।

बागमतीका लागि विवेक मगरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए भने क्रिस कार्कीले १७ रनको जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीलाई अलआउट गर्न सुदूरपश्चिमका हेमन्त धामीले १० ओभरमा ५ मेडन राख्दै १९ रन मात्र खर्चेर ५ विकेट लिए । शेर मल्लले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?