+
+

न्यूसाउथ वेल्सको स्थानीय चुनावमा नेपाली मूलका नौ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १६:३१

सिड्नी / अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार हुने स्थनीय चुनावमा नेपाली मूलका नौ जना उम्मेदवार मैदानमा छन् । अस्ट्रेलियामा नेपाली मूलका मानिसहरु स्थानीय राजनीतिमा सक्रिय भएको यो पहिलो घटना हो ।

नेपाली मूलका अनन्त कार्की यहाँको हिलसायर काउन्सिलबाट काउन्सिलर पदका उम्मेदवार छन् । इन्जिनियरिङ पृष्ठभूमिका कार्की यहाँको प्रतिपक्षी लेबरपार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् ।

सञ्चारकर्मी तथा सामाजिक कार्यकर्ता विनोद पौडेल यहाँको क्याम्बेल टाउन काउन्सिलमा काउन्सिलर पदमा उम्मेदवार छन् । उनी यहाँको सत्तासिन लिबरल पार्टीका उम्मेदवार हुन् । उनी नेपालीहरुको बसोबास बढी रहेको दक्षिण पश्चिम क्षेत्रको विकासमा आफूलाई सरिक बनाउने र नेपाली मूलका मानिसलाई मूला प्रवाहमा समेट्ने लक्ष्य रहेको बताउँछन् ।

सत्तारुढ लिबरल पार्टी समर्थक तर स्वतन्त्र समूहबाट सम्भ्रान्त अस्ट्रेलियनहरुको बसोबास भएको नर्थ सिड्नी काउन्सिलमा उम्मेदवारी दिएकी अञ्जना कार्की बस्नेत राजनीतिले आफ्नो व्यक्तित्व विकासमा सहयोग र समाजसेवामा लाग्न प्रेरणा दिने बताउँछिन् । उनी गैरआवासीय नेपालीको राजनीतिमा पनि संलग्न छिन् ।

न्यू साउथ वेल्सको यो स्थानीय चुनावमा विजयी हुने सम्भावना भएकी उम्मेदवार हुन् भद्र वाइबा हुन् । उनी यहाँको प्रतिपक्षी लेबर पार्टीको बर्चश्व रहेको क्याण्टेबरे ब्यन्स्टाउन काउन्सिलबाट  उम्मेदवार छन् । पार्टीको प्रभाव क्षेत्र र नेपाली समुदाय सक्रिय रहेकाले आफू बलियो उम्मेदवार रहेको उनको भनाइ छ ।

यसैगरी ब्ल्याकटाउन काउन्सिलका महेश पन्त, क्याम्पबेलटाउनमा जिप्सोना पौडेल, अस्मिता खरेल तथा सज्जन कार्की र लिभरपुलबाट दिपेश चिलवाल उम्मेदवार छन् । चार महिला र पाँच पुरुष नेपाली मूलका उम्मेदवार स्थानीय राजनीतिमा उम्मेदवार हुनु खुशीको कुरा भएको एनआरएनए अभियन्ता तथा लेखक खेम शर्मा बताउँछन् ।

‘अस्ट्रेलियालाई आफ्नो कर्मथलो मात्रै होइन देश स्वीकार गरेर यहाँको राजनीतिमा समेत आफ्नो उपस्थिति जनाउने अवस्थामा अब हामी पुगेका छौं’ उनले भने, ‘ती राजनीतिक दललाई हार्दिक धन्यवाद छ जसले हाम्रो उपस्थितिको सम्मान गरे र नेतृत्वलाई स्वीकार गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?