+
+

‘ढल्की जाला त्यो लाली जोवन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १६:३३

१७ मंसिर, काठमाडौं । ‘ढल्की जाला त्यो लाली जोवन’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘त्रिपुरा म्युजिक’ युट्युब च्यानलबाट बुधबार यो गीत सार्वजनिक भएको हो ।

विष्णु थापा र नकुल थापाको शब्द रहेको गीतमा यी दुईसँगै प्रतिमा अर्याल र रीता पौडेलले स्वर भरेका छन् । नकुल थापाको लय रहेको गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई शिशिर बुढाथोकीको कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा सञ्जीव ठकुरी र अस्मिता आचार्यको अभिनय छ । बालकलाकार निश्चलजंग थापा र गृष्मा थापा मगरको पनि अभिनय हेर्न सकिन्छ । दीपक गिरी एण्ड टिमको छायाँकन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।

गीतकार एवं गायकद्वय नकुल र विष्णुको गृहजिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकीय गन्तव्य बलेफीलाई केन्द्रित गरेर रोमान्टिक शैलीमा गीत तयार भएको छ । आफू जन्मेहुर्केको जिल्लाको प्रचारप्रसारका लागि गीतमा सो क्षेत्रको प्रसंग समेटिएको नकुल र विष्ष्णु बताउँछन् ।

गीतको भिडियो श्रीकाली चौरमा छायाँकन गरिएको हो । युट्युबमा गीतको भिडियोको भ्युज भने निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?