+
+

र्‍यालीमा राजेन्द्र लिङ्देनसँगै देखिए बिक्रम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १७:५३

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार बिक्रम पाण्डे अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको जुलुसमा सहभागी भएका छन् ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् ।

नेता पाण्डेलाई दुबै पक्षले आफ्नो प्यानलको उपाध्यक्षको उम्मेदवार भन्दै आएका छन् । तर शुक्रबार दिउँसो उनी लिङ्देनको ¥यालीमा सहभागी भएका हुन् । ¥यालीमा सँगै सहभागी भएपछि अध्यक्षमा पाण्डेको समर्थन लिङ्देनलाई रहेको लिङ्देन पक्षका कार्यकर्ताले बताएका छन् ।

राप्रपाका नयाँ नेतृत्व चयनका लागि शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मतदान भने शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?