+
+

राष्ट्रिय जनता दल र पिछडावर्ग महासंघ जसपामा विलय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १८:५५

१७ मंसिर, जनकपुरधाम । राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ जनता समाजवादी पार्टी नेपाल (जसपा) मा समाहित भएको छ ।

जनकपुरधाममा शुक्रबार आयोजित कार्यक्रममा भरत महतोको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछ्डा वर्ग महासंघ (ओबिसी) पार्टी जसपामा समाहित भएको हो ।

महतोको अध्यक्षता एवं जसपाका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पार्टी एकीकरण घोषणा भएको हो ।

पार्टी एकीकरणपछि नेपाल पिछ्डा वर्ग महासंघ (ओबिसी) जसपाको भ्रातृ संगठनको रुपमा रहने जसपाका नेता एवं सांसद प्रमोद साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?