
काठमाडौं । विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासको नयाँ सो रुम न्यूरोडमा खुलेको छ । एडिडासका खेल सामाग्री तथा पोशाक विक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रालिले आफ्नो छैटौं शाखाको रुपमा न्युरोडबाट विक्री सूरु गरेको हो ।
यसअघि रुटस् फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलीसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामाग्री तथा पोसाक विक्री गर्दै आएको थियो ।
एडिडास नेपालका अध्यक्ष सञ्जिव तुलाधरका अनुसार एडिडास नेपाललेनेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्री स्टार क्लब, एथ्लेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडीलाई प्रायोजन गरिसकेको छ ।
आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने उनको प्रतिबद्धता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4