+
+

विवेकशील साझा पार्टीले यो देशको नेतृत्व गर्छ : मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १७:४५

१८ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीको एकताले औपचारिकता पाएको छ ।

शनिबार ललितपुरको जाउलाखेलमा आयोजित सभामा तीन पार्टीका प्रमुखले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु नै हुनेछ । केन्द्रीय समितिमा सिटिजन्सका ३१ र दरबार पाटीृका १४ जना थपिएका छन् भने केन्द्रीय कार्यसम्पादन समितिमा दुवै पार्टीबाट गरी ११ जना थपिएका छन् ।

कार्यक्रममा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले डेमोक्रेटिम नेपाल फोरम पनि एकतामा आउन सहमत भएको बताए ।

अहिले एउटा तप्काले आफूहरुलाई विश्वास नगरेको भन्दै मिश्रले आफ्नो पार्टीको देशको नेतृत्व गर्ने दाबी गरे । उनले भने, ‘कसले यो देशको रुपान्तरण गर्ने क्षमता राख्छ भने त्यो विवेकशील साझा पार्टी मात्र हो । मान्नुस् या नमान्नुस्, विवेकशील साझा पार्टीले यो देशको नेतृत्व गर्छ, गर्छ ।’

धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने मुद्दा अघि सारेका उनले आफू न राजसंस्थाादी वा गणतन्त्रवादी नभई नेवालपादी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment