+
+

सरकार टिकाउन एमसीसी पास गर्न खोजिँदैछ : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १८:३६
फाइल तस्वीर

१८ मंसिर, विराटनगर । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?