+
+

भियारियाललाई हराउँदै सेभिया दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते २१:४१

काठमाडौं । ला लिगामा सेभियाले शनिबार भएको खेलमा भियारियाललाई १-० ले पराजित गरेको छ । जितपछि सेभिया दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा सेभियाका लागि लुकास ओकम्पासले १६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले मार्कुस अकुनाको पासमा गोल गरेका थिए ।

जितपछि १५ खेलबाट ३१ अंक जोडेर सेभिया दोस्रो स्थानमा उक्लेको हो । भियारियाल १५ खेलबाट १६ अंकसहित १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment