+
+

कांग्रेसको सुदूरपश्चिम सभापतिमा बलायर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १२:०४

१९ मंसिर, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए, जसमध्ये बलायरले ६ सय ८८ मत ल्याउँदा नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका छन् । बलायर संस्थापन समूहका उम्मेदवार हुन् ।

पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए ।

यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?