
काठमाडौं । यामाहाको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको शुक्रबार भएको र्यालीमा घिमिरे विजेता बनेकी हुन् ।
उनी प्रति लिटर ६१.४२ किलोमिटरका साथ विजेता बनेकी हुन् । यस्तै, प्रति लिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने सुनिल लम्साल प्रति लिटर ५७.६ केमीका साथ तेस्रो भएका छन् ।
रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
र्याली बल्खुस्थित यामाहा शोरुमबाट शुरु भएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर रहेको थियो ।
यो माइलेज प्रतियोगिताबाट ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने विश्वास कम्पनीले लिएको एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए । यो प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4