+

ए डिभिजन लिग : कप्तान भरतको गोलमा आर्मीको पहिलो जित

२०७८ मंसिर  १९ गते १९:१६ २०७८ मंसिर १९ गते १९:१६
ए डिभिजन लिग : कप्तान भरतको गोलमा आर्मीको पहिलो जित

१९ मंसिर, काठमाडौं। खेल सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान भरत खवासले गोल गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ।

आईतबार भएको एक मात्र लिग खेलमा आर्मीले ब्रिगेड ब्वाईजलाई १-० ले हरायो। यसअघि लगातार दुई खेल बराबरी खेलेको आर्मीले ब्रिगेड विरुद्ध गोल गर्न संघर्ष गर्नुपर्‍यो । कप्तान भरत खवासले ८५ औं मिनेटमा गोल गर्दै आर्मीलाई ३ अंक दिलाए ।

जितपछि ३ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । यसअघि एक जित र एक बराबरी नतिजा निकालेको ब्रिगेडको यो पहिलो हार हो।

नियमित लेफ्ट ब्याक सुमन अर्याल अघिल्लो खेलमा घाइते भएपछि आर्मीले टेक बहादुर बुढाथोकीलाई उक्त पोजिसनमा खेलाएको थियो। तर आर्मीले पहिलो हाफमा बल होल्ड गरेर खेल्न सकेन ।

दोस्रो हाफमा दिनेश हेन्जन र जगजित श्रेष्ठको स्थानमा युद्ध शाही र विवेक बस्नेतलाई मैदान छिराएपछि आर्मीले ब्रिगेडमाथी दबाब बनायन थाल्यो। ६औं मिनेटमा आर्मीका टेक बहादुरले पेनाल्टी बक्स भित्रबाछ हानेको भली पोष्ट माथिबाट बाहिरिँदा अग्रता लिने अवसर गुमाएको थियो।

तर भरतले ८५औं मिनेटमा माौका गुमाएनन् र गोल गर्दै आर्मीलाई जिताए । गोलकर्ता भरत खेलको म्यान अफ दि म्याच घोषित भए ।

तस्वीरहरु: विकास श्रेष्ठ

त्रिभुवन आर्मी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय