+
+

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:३८

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरुपका साथ ग्राहकमाझ ल्याएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई दिने विश्वास कम्पनीले लिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले एकवर्ष अघि आजकै दिनदेखि आफ्ना ग्राहकलाई च्याटबोट सेवा उपलब्ध गराएको थियो ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधि मैत्री परिमार्जित च्याटबोट सेवा ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिनसक्ने बनाइएको कम्पनीको भनाइ छ ।

एक वर्षको अवधिमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको कम्पनीले जनाएको छ ।

सेवाग्राहीलाई बिमा सम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्न नयाँ स्वरुपमा आएको च्याटबोट सफल हुनेमा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?